नुवाकोट- नुवाकोट जिल्लाको तारकेश्वर २ र ३ का महिलालाई सीप विकास तथा स्वावलम्बन सम्बन्धी प्रशिक्षण महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत आज तारकेश्वर वडा नं. २ र ३ तथा वडा नं. ४ को भञ्ज्याङखर्कका महिला समूहहरूलाई सीप विकास तथा स्वावलम्बन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले सीप आर्जनका लागि उमेर वा कुनै पनि सामाजिक बन्धनले बाधा नगर्ने भन्दै निर्धक्क भएर सीप सिक्न र सीपको प्रयोग गरी उद्यमशील बन्न महिलाहरूलाई आग्रह गर्नुभयो ।

सीपबाट आर्जित स्वावलम्बन नै सशक्तीकरणको आधार हो भन्दै अध्यक्ष अधिकारीले स्वावलम्बन र सीपमूलक कार्यमा गाउँपालिकाले सहयोग र प्रोत्साहनका कार्यक्रमहरु अघि बढाएको बताउनुभयो । सक्षम र स्वावलम्बी महिला समाज निर्माणका लागि प्रशिक्षण, स्वावलम्बन, सीप विकास र प्रवर्धनका कार्यक्रमहरू आगामी आवको बजेटमा प्राथमिकताका साथ समेटिएको जानकारी दिँदै उहाँले प्रत्येक सरकारी कार्यालयमा अनिवार्य रूपमा स्थानीय सीप र साधनबाट उत्पादित वस्तु प्रयोग ल्याइने बताउनुभयो । यसबाट स्थानीय महिलाको उद्यमशीलताको विकासमा सहयोग पुग्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij