काठमाडौँ– टोखा नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७९–०८० को एक वर्षमा २६ उजूरी दर्ता भएका छन् ।
टोखा नगरपालिकामा अधिकांश उजूरी जग्गाको सीमाना मिचिएको, बाटोको विवाद, पारिवारिक विवाद, घरेलु हिंसा, सम्बन्ध विच्छेद, आर्थिक लेनदेन, घरको पानी, रुख आदिले छिमेकीमा पारेको असर लगायतका उजूरी दर्ता भएका हुन् ।
न्यायिक समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार नगरपालिकाको न्यायीक समितिमा औपचारिक रुपमा २६ वटा दर्ता भएको साथै अघिल्लो आ.व.बाट आएको १९ वटा गरी ४५ रहेको रहेको छ । ४५ वटा मुद्धामा २८ वटा फछ्यौट भएको, चालु मुद्धा १७ वटा, मुतलवी जगएको ४ वटा रहेको संयोजक तामाङले जानकारी दिए । छिटो, सस्तो र सहज न्याय पाउने आशामा स्थानीय न्यायिक समितिमा विवादित विषयहरू निकै आउने गरेका संयोजक तामाङले बताए।
त्यसैगरी अनौपचारिक रुपमा ३३ वटा मुद्धा दर्ता भई त्यसमा छलफल गरिएको न्यायीक समिति सदस्य गोपीकृष्ण पाठकले जानकारी दिए । न्यायीक समितिले छलफलको माध्यमबाट मुद्धाको किनारा लगाउँदै आएको समिति सदस्य पाठकले बताए छ ।
टोखा नगरपालिकाको न्यायिक समितिमा उपप्रमुख तामाङको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ रहेका छन् । त्यसैगरी बेखानारायण डङ्गोल, विक्रम खत्री र कृपा पोखरेल कानूनी सल्लाहकारका रुपमा रहेका छन् । न्यायिक समितिमा उजूरी सबै लिखितरुपमा नै आउने गरेका छन् ।
टोखा नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको एक वर्ष पुरा भएको छ । काठमाडौंको उत्तरी भेगमा रहेको टोखा नगरपालिकामा पर्ने मुद्दाको सुनुवाईका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । नगरपालिकामा ११ वडा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij