२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिका नगरपालिकाले ल्यायो ८१ करोड ७७ लाखको बजेट

कालिका नगरपालिकाले ल्यायो ८१ करोड ७७ लाखको बजेट

1.3K
Shares

चितवन- चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८१ करोड ७७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख विमला तामाङले सार्वजनिक गरेको नगरपालिकाको बजेटमा आन्तरिक आय ११ करोड, राजश्व बाडफाँडवाट १६ करोड ९६ लाख ९७ हजार रुपैयाँ, जनसहभागीता तथा अन्य ६० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघ तर्फ ४२ करोड ७० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश सरकारतर्फ ३ करोड ६० लाख ८३ हजार, सडक बोर्ड र जिल्ला समन्वय समितिवाट ९० लाख, गतवर्ष जिम्मेवारी ६ करोड रहने अनुमान छ ।

आगामी वर्ष आन्तरिक आय ४ करोड थप गर्ने लक्ष्य लिएर जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा राजश्व बृद्धि अभियान सञ्चालन गर्ने नगर प्रमुख विनोद रेग्मीले बताए । नगरपालिकाले पेश गरेको बजेटमा ब्ययतर्फ कालिका नगरपालिकाका ११ वटा वडालाई १४ करोड ४९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा १३ करोड ५० लाख ६२ हजार रुपैयाँमध्ये नगरस्तरीय गौरवको योजनालाई मात्रै ९ करोड १० लाख, अधुरा क्रमागत योजना पुरा गर्न १ करोड ७० लाख, आर्थिक विकास तर्फ १ करोड ३४ लाख ६५ हजार रुपैयाँ, विप्द वन, फोहोरमैला वातावरण व्यस्थापन तर्फ १ करोड ४७ लाख रुपैयाँ, सुरक्षा तथा शासन तर्फ ५० लाख रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १० करोड, शिक्षा युवा तथा खेलकुद २ करोड ५७ लाख ४१ हजार, स्वास्थ्यमा १ करोेड २८ लाख ४५ हजार, समपुरक तथा संघसंस्था साझेदारी १ करोड ८५ लाख, उद्योग तथा उद्यमशिलतामा २१ लाख रुपैयाँ, भवन तथा वस्ती विकासमा ६२ लाख, सूचना प्रविधि, राजश्व सुधारमा २९ लाख, महिला बालबालिकातर्फ ५२ लाख रकम विनियोजन गरएको छ ।

पालिकाले संघीय सरकारको सशर्त शीर्षकको कार्यक्रम अन्तर्गत २६ करोड ९६ लाख, प्रदेश सरकारको शसर्त शीर्षकको कार्यक्रममा २ करोड १९ लाख ८२ हजार, संघबाट विशेष अनुदान १ करोड ५० लाख र समपुरक अनुदान संघतर्फको ७५ लाख खर्च गर्नेछ ।
नगरपालिकाले शक्तिखोरदेखि वडा नं. ११ को रन्तेससम्मको बाटो, बुङखोला–थाङखोला बाढी नियन्त्रण व्यवस्थापन, खोलेसिमलदेखि क्बल चोक, जुटपानी बाटो विस्तार र मोज्याक टायल सहितको पैदल यात्रामार्ग निर्माण, उज्यालो कालिका हाइमास लाईट जडानलाई प्राथमिकता प्राप्त आयोजनाका रुपमा राखेको छ ।

मह, च्याउ, केरा, कोदो, फाँपर र पिडालु जस्ता स्थानीय उत्पादनलाई (गुणात्मकवृद्धि) मेक इन कालिका प्रतिक चिन्ह राखेर बजारीकरण गर्ने नीति नगरपालिकाको छ । आगामी वर्ष नगरक्षेत्रको शहरी क्षेत्रका सबै मुख्य सडकहरु कालोपत्रे गरिसक्ने, सहायक सडकहरुको स्तरोन्नती गर्ने, नगरपालिकाको आफ्नै प्रशासकिय भवनको निर्माण कार्य यसै वर्ष सम्पन्न गरी आर्थिक वर्ष २०८० ÷०८१ वाट सोही भवनवाट सेवा प्रदान गर्ने तयारी नगरपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij