२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको शेयर संस्थापकले किनेनन्,सर्वसाधारणमा बिक्री खुला

सिटिजन्स बैंकको शेयर संस्थापकले किनेनन्,सर्वसाधारणमा बिक्री खुला

945
Shares

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३४ हजार ३३७ दशमलव ६९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यस अघि जेठ ६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले ३५ दिने सुचना जारी गरेको थियो ।

सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आवेदन दिन सक्नेछन् । बैंकले यो शेयरको मूल्य प्रतिकित्ता रू. १०६ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी खरीद आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij