गोरखा- गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेहरूमा ४ जना पुरूष र १ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ।
दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापा रहेको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij