२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्बभन्दा बढी

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्बभन्दा बढी

790
Shares

काठमाडौं – नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म मुलुकको आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड र बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म तीन खर्ब ६ करोड रुपैयाँ ऋण थप भएको छ । आन्तरिकतर्फ दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ ऋण थप भएको हो भने बाह्यतर्फ ७९ अर्ब ६७ करोड रुपैयाँ थप भएको छ । उक्त अवधिसम्म सरकारले दुई खर्ब पाँच अर्ब १६ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तान गरेको छ । आन्तरिकतर्फ एक खर्ब ६४ अर्ब ४८ करोड रुपैयाँ र बाह्यतर्फ ४० अर्ब ६८ करोड रुपैयाँ ऋण तिरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक हेर्दा ऋण तिरेको रकमभन्दा ९४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी ऋण रकम बढेको छ । सरकारले आन्तरिक र बाह्य स्रोतबाट लिएको सावाँ मात्र एक खर्ब ४० अर्ब ११ करोड रुपैयाँ भुक्तान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij