२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रेम चलाउनेले थाले त्रिवि उपकुलपतिको कार्यालय अगाडि अनशन

प्रेम चलाउनेले थाले त्रिवि उपकुलपतिको कार्यालय अगाडि अनशन

790
Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनलेले उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन थालेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयपछि चलाउनेले अनशन थालेका हुन् ।

उपप्राध्यापक चलाउनेले सरकारको मुद्दा फिर्ताको निर्णय नै खारेज हुनुपर्ने, अदालतमाथिको हस्ताक्षेप बन्द गर्नुपर्ने, आफूलाई न्याय दिनुपर्ने र नागरिकलाई अन्यायबाट प्रताडित बनाउन बन्द गर्नुपर्ने माग राखेका छन् ।

मुद्दा फिर्ताको निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालत परिसरभित्र प्रवेश गरेर नाराबाजी गरेपछि आज उनीसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीबाट छुटेसँगै उनले उपकुलपति कार्यालय पुगेर अनशन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij