२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा नगरपालिकाले नीति तथा कार्यक्रमको लागि बिज्ञहरुसंग लियो सुझाब

टोखा नगरपालिकाले नीति तथा कार्यक्रमको लागि बिज्ञहरुसंग लियो सुझाब

2.1K
Shares

काठमाडौँ- टोखा नगरपालिकाले आगामी   नीति तथा कार्यक्रमको लागि बिज्ञहरु संग सुझाब संकलन गरेको छ । आव २०८०/८१ को लागि नगरपालिकाले आज एक कार्यक्रम आयोजना गरि विभिन्न बिषयका बिज्ञहरुसंग सल्लाह सुझाव संकलन गरेको हो । शनिवार दियालो फुडल्याण्डमा आयोजित कार्यक्रममा प्रत्येक वडाबाट विभिन्न बिषयका ५ जनाका दरले बिज्ञहरुले लिखित सुझाब दिएका थिए ।
नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रसाशकिय अधिकृत शेरबहादुर बिसि, ११ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु प्रसाशकिय अधिकृत अनिल जोशी, लेखा अधिकृत ज्ञानबहादुर अधिकारीलगायत बिषयगत शाखा प्रमुखहरु, विषयगत समितिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

योजना शाखाका प्रमुख मधु मिश्रले सन्चालन गरेको कार्यक्रममा बिज्ञहरुले समुहगत छलफल गरेर नगरपालिकालाई नीति तथा कार्यक्रममा सम्मेट्नु पर्ने बिषयको लिखित चार्ट सहित सुझाब दिएका थिए । इन्जिनियर, पेशाकर्मी, वकिल, शिक्षक, सामाजिक अभियन्ता, अधिकारकर्मि, साहित्यकार, सुचना प्रबिधि,शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण लगायत क्षेत्रका बिज्ञाहरुको सहभागीता रहेको थियो ।

बिज्ञबाट प्राप्त सुझाबलाई समेटेर नीति तथा कार्यक्रममा समिटिनी स्पष्ट पार्नु भयो । सबैको लक्ष्य टोखा नगरपालिकालाई सम्वृद्द नगर बनाउनु भएको बताउनु भयो  । स्थापना भएको छोटो समयमा नगरमा धेरै काम भएको पनि जानकारी दिनु भयो । प्रचार कम भयो होला तर काम धेरै भएका छन ।
उपप्रमुख मुरारी तामाङले नगरको बिकासमा सबै नगरबासी एक हुनु पर्ने पनि बताउनु भयो   । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसिले स्थानीय सरकार स्वायत्त निकाय भएकोले नीति तथा कार्यक्रम असार १० गतेसम्म ल्याई सक्नु पर्ने त्यस्कै आधारमा बजेट आउने जानकारी दिनु भयो ।
कार्यक्रममा बिज्ञको साथमा विभिन्न पार्टीका स्थानिय नेताहरुको पनि उपस्तिथि रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij