२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

985
Shares

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij