काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, शान्तिकुञ्जमा स्कोरपियो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाँचजना घाइते छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको हो । उनको उपचारका क्रममा चौराह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका जीपमा सवार पाँचजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको बा२०च १४३८ नम्बरको जीप आज बिहान करिब पौने ४ बजे अनियन्त्रित भएर पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij