२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंक र ल्याण्डमार्क होटलबीच छुट सम्बन्धी सम्झौता

नबिल बैंक र ल्याण्डमार्क होटलबीच छुट सम्बन्धी सम्झौता

995
Shares

काठमाडौं– नबिल बैंकले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ। उक्त सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। हालसम्म नबिल बैंकले २५५ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij