२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमई लाइफलाई आइपीओ ल्याउने, सेबोनले दियो प्रिमियममा निष्कासन स्वीकृति

आईएमई लाइफलाई आइपीओ ल्याउने, सेबोनले दियो प्रिमियममा निष्कासन स्वीकृति

1.4K
Shares

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीलाई प्रिमियममा प्राथमिक सेयर जारी गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको हो।

प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले आइपीओ जारी गर्ने जनाएको छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासन गर्दैछ। १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी हो। २ अर्ब ७६ करोड रुपैयाँ बराबर आइपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। जसमध्ये २ अर्ब ८९ करोड खुद बीमा शुल्क आर्जन हो। कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा ६ अर्ब ७ करोड छ भने ८ अर्ब ४ करोड दीर्घकालीन लगानी तथा कर्जा रहेको छ। चैतसम्म कम्पनीले १८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्म प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ कायम छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij