२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

1.8K
Shares

काठमाडौँ- निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। लिम्बु कल्चरमा बनेको चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। राई लिम्बु कल्चरलाई बिसेष महत्वका साथ उठाउन खॊजिएको निर्देशक किरण राईले बताए। सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्र लाई स्थान दिइएको छ। बुद्धि तामाङ,भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाइएको छ। यसै साता सम्पन्न हुने दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) मा प्रिमियर गरिनेछ।

किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल /मनिशा पाठक/मेनुका घिमिरे /कैलाश राई /टि आर साम्सोहाङसह निर्माता रहेका छन्। पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

भुमिसा प्रोडक्सन संग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत,राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङको गायन,सागर अर्यालको ध्वनि संयोजन,मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कला निर्देशन -बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ। भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij