२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

940
Shares

पाल्पा- पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीनजनाको मृत्यु भएको र १२ जनाघाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए ।

घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij