काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ।
द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij