२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साढे ११ हजारमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा उडान गर्ने

साढे ११ हजारमा नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा उडान गर्ने

1.2K
Shares

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मेलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार ४६१ रुपैयाँमा उडान गर्ने भएको छ ।
एयरलाइन्सले आगामी जेठ २९ गतेबाट भैरहवा–क्वालालम्पुर उडान गर्दै छ । नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४२१ जेठ २९ गते भैरहवाबाट क्वालालम्पुर उडान गर्नेछ । उक्त जहाज जेठ ३० गते क्वालालम्पुर–भैरहवा–काठमाडौंमा उडान भर्नेछ ।
उक्त उडानमा क्वालालम्पुर–भैरहवा ११ हजार ४६१ रुपैयाँ भाडादर रहनेछ । साथै, क्वालालम्पुर–भैरहवा–काठमाडौं उडानको भाडा १२ हजार ३४६ रुपैयाँ हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij