२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्त्रिपरिषद्ले पूर्णता पायो

मन्त्रिपरिषद्ले पूर्णता पायो

725
Shares

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन्। मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। उनी सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।
यस्तै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन्। उनी राष्ट्रिय सभाकी सांसद हुन्। शिक्षा मन्त्रीमा जनता समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष अशोक राई छन्।
योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनापछि २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij