काठमाडौं – बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेर १२ सदस्यीय बनाएका छन् । आइतबार कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो ।
मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । बागमती मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री छन् भने तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री छन् । त्यस्तै आइतबार नै मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् ।
नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री जम्कट्टेल, गंगा श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मुक्तान सामाजिक विकास र युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री बनेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij