काठमाडौं – आइएमई पेले अब डिजी मार्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म अथवा १० प्रतिशत छुट पाउने छन् ।
अफर अवधिभर पाँच पटकसम्म छुट प्राप्त गर्न सकिने छ । ग्राहकले डिजी मार्टका सबै शाखामा छुट प्राप्त गर्न सक्ने छन् । अफर जेठ १ गतेदेखि असार ३१ गतेसम्म चल्ने छ । यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij