काठमाडौं– सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो।
डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो। डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij