२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

665
Shares

काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.१८ प्रतिशतले घटेर १८१८.३१ विन्दुमा बन्द भएको हो । यो दिन नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन ९० करोड पाँच लाख रुपैयाँको धितोपत्र खरिद बिक्री भएको थियो ।

आज २६६ धितोपत्रको २३ लाख ४१ हजार २४० कित्ता ७२ करोड ४९ लाख रुपैयाँको खरिद–बिक्री भएको छ । गत कारोबार दिनको तुलनामा कारोबार रकम १७ करोड रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूगत परिसूचकमध्ये चार वटा समूहको परिसूचक वृद्धि भएको छ ।

परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूहको ०.५२ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.१ प्रतिशत र फाइनान्स समूहको परिसूचक ०.०७ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा निर्जीवन बीमा समूह रहेको छ । यो समूहको परिसूचक ०.६२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij