२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन्तोष थापाको सपनाको सहर सार्वजनिक

सन्तोष थापाको सपनाको सहर सार्वजनिक

2K
Shares

काठमाडौं– गायक तथा रचनाकार सन्तोष थापाले आफैले गाएको गित सपनाको सहरूको फिमेल भर्सन प्रबिशा अधिकारीको स्वरमा आफ्नै युट्युब च्यानल सन्तोष थापामा म्युजिक भिडियो सहित ल्याएका छ्न ।
प्रबिशाको आवाजमा निकै सुमधुर र कर्णप्रीय रहेको येस गितका रचनाकार सन्तोष आफै हुन भने गीत लाई कल्याण सिंले स‌गीत, उदयराज पौडेलले संगित संयोजन गरेका छ्न ।
यस गितको म्युजिक भिडियोमा अहिलेका ब्यस्त कलाकार सरोज प्रजा राना र कलाकार आकान्क्षा आचार्यको रमाइलो रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ ।
यस भिडियोका छांयाकार धन योन्जन तामाङ, सम्पादन र रंग संयोजन माधब बेल्बासे, श्रींगारर एस एफ एक्स स्वस्तिका श्रेष्ठ, निर्माण नियन्त्रक नारायण गुरुङ हुन भने भिडियोलाई अमृत सुनुवार ले निर्देशन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij