काठमाडौं– नागरिक लगानी कोषले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैंककले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल सरकार अर्थमन्त्रालयबाट सहमति प्राप्त भई कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब २५ करोड १० लाख पाँच सय रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले सेयरधनीहरूलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij