२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोक्ने सरकारको निर्णय

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोक्ने सरकारको निर्णय

1.2K
Shares

काठमाडौं– स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया सरकारले तत्कालका लागि रोक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गर्दै कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई समेत निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नयाँ लाइसेन्स वितरणबारे संसदमा प्रश्न उठेका कारण तत्कालका लागि रोक्न निर्देशन गरेको हो। अब थप अध्ययन गरेर अघि बढाउने तयारीमा सरकार रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरण प्रक्रिया यसअघि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij