२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको नयाँ शाखा गोकर्णमा

ज्योति विकास बैंकको नयाँ शाखा गोकर्णमा

2K
Shares

काठमाडौं– ज्योति विकास बैंकले बिहीबार काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्घाटन गरेको छ। ग्राहकहरू समक्ष बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका सञ्चालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्। उद्घाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललगायत विभिन्न पदाधिकारी, कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरूका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै, बैंकका सञ्चालक राम कुमार श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनहरूमा पनि बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij