काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिको सभापतिमा उद्योगी राजेशकुमार अग्रवाल चुनिएका छन्। दर्जन बढी उद्योगका सञ्चालक अग्रवाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सभापतिमा नियुक्त गरेका हुन्।
अर्घाखाँची, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ खाद्यन्न उद्योग, एसियन कन्क्रिटो, श्री स्टिल, मिलानो चप्पल उद्योगलगायतका उद्योगमा उनको अग्रवालको लगानी छ। उनी ३० वर्षदेखि उद्योग व्यवसायमा संलग छन् भने समग्र उद्योगमा तीन हजारभन्दा बढीले रोजगारी पाएका छन्।
अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघमा दुई कार्यकाल सदस्य भइसकेका छन्। तेस्रो कार्यकालमा उनी उद्योग समितिको सभापतिमा चुनिएका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij