काठमाडौं – कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन्। नवनियुक्त सिइओ थकालीले शुक्रबार (वैशाख १५ गते) बाट कार्यभार सुरु गर्ने भएका छन्। उनी ४ वर्षका लागि कामना सेवाको सिइओ बनेका हुन्।
थकाली प्रभु बैंकको नायव महाप्रबन्धक भएका थिए। उनी प्रभु क्यापिटल लिमिटेडमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरेका थिए। त्यसअघि साँग्रीला डेभलपमेन्ट बैंकमा पनि उनी कामु सिइओको जिम्मेबारी सम्हालिसकेका छन्।
साँग्रीला डेभलपमेन्ट बैंकबाट थकाली प्रभु बैंक आएका थिए। सहायक कम्पनी प्रभु क्यापिटलमा दुई वर्ष पुरा गरेपछि उनी एक महिनाअघि मात्र प्रमुख व्यावसाय अधिकृतको जिम्मेवारीसहित प्रभु बैंकमै फिर्ता भएका थिए। बागेश्वरी विकास बैंक साँग्रीलामा गाभिएपछि थकाली कम्पनी सचिव तथा डेपुटी सिइओ भएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij