काठमाडौं – एक नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि तीनवटाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन (वैशाख १० गते) ५ बजेसम्म हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका हुन् ।
धितोपत्र बोर्ड स्रोतका अनुसार आज बेलुका ५ बजेसम्म यी कम्पनीले आवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुला गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij