काठमाडौं– एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा आज (आइतबार) सम्पन्न भएको छ। सभाले सेयरधनीहरूलाई चुक्तापुँजीको १४.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आसार मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ काे नाफा/नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू) समेत पारित गरेको छ।
कम्पनीले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको बताएको छ। हाल कम्पनीले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij