पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरकाे बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस बुटवलदेखि बाग्लुङका लागि छुटेको थियो ।
घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेको छ । एम्बुलेन्समार्फत ९ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाइएको छ । दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij