२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा सामान्य अंकको गिरावट

शेयर बजारमा सामान्य अंकको गिरावट

830
Shares

काठमाडौं – मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ०.१६ प्रतिशतले घटेको छ । नेप्से ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा झरेको छ । यस दिन २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर ८७ करोड चार लाख ४८ हजार १५१ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ३६२.०४ को विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १३ उपसमूहमध्ये तीनवटाको समूहगत सूचक उकालो लागेको छ । होटेल तथा पर्यटनको समूहगत सूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ । म्युचअल फन्डको ०.५६ प्रतिशत र निर्जीवन बिमा समूहको सूचक ०.०६ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन समूहको समूहगत सूचक सर्वाधिक १.१२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij