२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोल्ती पावरको आइपिओ सर्वसाधारणका लागि खुल्यो

दोल्ती पावरको आइपिओ सर्वसाधारणका लागि खुल्यो

900
Shares

काठमाडाै‌– दोल्ती पावर कम्पनीको आइपिओ आज देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।
जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ। कम्पनीको आइपिओमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख १२ गतेसम्म लम्बिनेछ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij