काठमाडौं- पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजार परिसूूचकमा सोमवार केहि सुधार आएको छ । सोमवार शेयर बजार परिसूचक ५ दशमलव ५४ अंकले वृद्धि भई १८८४ दशमलव ०२ अंकमा पुगेको हो ।
आइतबार २८ अंकले ओरालो लागेको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । सोमवार २६१ कम्पनीको २९ लाख ६० हजार ८१३ कित्ता शेयर किनबेचबाट ९१ करोड १९ लाख ६१ हजार ८२० रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij