काठमाडाै– सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य गरेको छ । यो योजना चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुने बैंकले बताएको छ।
उक्त सहकार्य बमोजिम दराजको अनलाइन प्लाटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ।
ग्राहकहरूले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ। सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिने बैंकले बताएको छ।
बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरू तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij