२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पेबाट आइएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

आइएमई पेबाट आइएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

955
Shares

काठमाडौं- आइएमई पेबाट सजिलै आइएमई लाफको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ। आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत उक्त नवीकरण गर्न सकिने भएको छ।

सेवाग्राहीहरूले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत् ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई ‘आइएमई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन्।

उक्त सेवा ग्राहकहरूलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij