२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज

पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज

610
Shares

काठमाडौं – संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बहालवाला सबै पर्यटन सद्भावना दूत खारेज गरेको छ । आइतबार पर्यटन मन्त्रालयले दुई निर्णय गरेको छ । कार्यविधि नबन्दै यसअघि विभिन्न मुलुकका लागि पर्यटन सद्भावनादूत तोकिएको थियो ।

‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै सद्भावना दूत खारेज गरेको छ ।
यस्तै, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij