२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

895
Shares

काठमाडौं – स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघ अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।

मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुन चैत ५ गते एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च थियो । तर, आज उक्त रेकर्ड ब्रेक गरेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

‍आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij