२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

655
Shares

काठमाडौं – राष्ट्रियसभा बैठकबाट दुई विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ पारित गरेको हो ।
यी विधेयकहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दर्ता गराएको थियो । सरकारको तर्फबाट तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दर्ता गराएका थिए ।
सार्वजनिक सेवा प्रसारण विधेयकमा सरकारी सञ्चार माध्यमको रुपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकै प्रसारण संस्थामा गाभेर सार्वजनिक सेवा प्रसारण संस्था निर्माण गर्ने उल्लेख छ ।
राष्ट्रियसभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा जानेछन् । राष्ट्रियसभाको अर्को बैठक आउँदो चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij