काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १०.८७ अंकले घटेर १९०८.५५ को विन्दुमा पुगेको छ ।
आज २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ३५९.४८ कायम भएको छ ।
यस दिन १३ वटा उपसमूहमध्ये दुईवटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटाको घटेको छ । आज होटल तथा पर्यटन समूहको समूहगत सूचक ०.५० र म्युचअल फन्ड समूहको ०.४२ प्रतिशतले बढेको छ । अन्य उपसमूहको समूहगत सूतक सर्वाधिक १.११ प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij