काठमाडाै – बुधबार नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.८१ प्रतिशतले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ पुगेको छ। बुधबार २६६ वटा धितोपत्रको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij