२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिपिडब्लु लघुवित्तको आईपिओ बाँडफाँड

बिपिडब्लु लघुवित्तको आईपिओ बाँडफाँड

640
Shares

काठमाडौं– बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट न्रिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले फागुन १८ देखि २३ गतेसम्म आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij