काठमाडौं – सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । उनका अनुसार २४ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij