काठमाडौं- काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । श्री एयरलाइन्सको विमानमा आगोलागेको देखिएपछि धादिङबाट काठमाडौं फर्काइएको छ ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट काठमाडौं फर्काइएको हो । त्रिभुवन विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरेको ८० सिटे उक्त विमानमा चालकदलका चार सदस्यसहित ७८ जना सबै यात्रु सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij