रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सल्यानको कुमाक गाउँपालिका ६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीको जनाएको छ । राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij