काठमाडौं– बुधबार छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक लाख एक हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij