२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जीवन विकास लघुवित्तले ३७.३७ प्रतिशत लाभांश दिने

जीवन विकास लघुवित्तले ३७.३७ प्रतिशत लाभांश दिने

630
Shares

काठमाडौं – जीवन विकास लघुवित्तले सेयरधनीहरूलाई ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

गत वर्ष भने कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।
गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij