२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बसपार्कका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग

बसपार्कका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग

725
Shares

काठमाडौं– सोमबार ल्होल्से मलमा पुगेको क्षतिको व्यापारीहरुलाई क्षतिपूर्ति दिन सरकारसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेको ल्होल्से मलमा यातायात मजदुरले आक्रामण गरेका थिए । अराजक समूह मलमा प्रवेश गरी सामान चोरी भएको भन्दै व्यवसायीहरुको क्षति अनुसारको क्षतिपूर्ति दिन महासंघले माग गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा अराजक समूह प्रवेश गरेर क्षति पु¥याएको जनाएको छ ।

‘व्यवसायीले आफ्ना माग सम्बोधन गर्नका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको समयमा अराजक समूह प्रवेश गरेर व्यवसायीको सामग्री लुट्नेदेखि तोडफोड गर्ने काम भएको भन्दै यसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । जारी विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सरकार जिम्मेवार रहेको उल्लेख गरिएको छ ।

‘यो घटनाप्रति महासंघ दुःख व्यक्त गर्दछ, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र घाइतेको उचित उपचारको व्यवस्था गर्नका लागि पनि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । अवस्था गम्भिर हुनुभन्दा पहिले नै समस्या समाधानमा चासो नदिएका कारण यो अवस्था आएको महासंघको भनाइ छ । यस्ता समस्याहरु समयमा नै समाधान गर्नका लागि महासंघले सरोकारवाला निकायसँग माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij