काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुने भएका छन्। त्यसका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले बताएको छ।
सम्झौता पत्रमा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ। मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ। दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डिडिए रिपोर्टसमेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij