२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

655
Shares

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij