२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनिको आइपिओ सूचीकृत

नेप्सेमा दुई कम्पनिको आइपिओ सूचीकृत

930
Shares

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ। खप्तड लघुवित्तले सर्वसाधारण र कर्मचारीको लागि निष्कासन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ लाख ६८ हजार कित्ता गरी कुल ४ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो।

त्यस्तै, सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता आइपिओ सूचीकृत भएको हो। सिक्लेसले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो।

सूचीकरण भएको दुवै कम्पनीको सेयर मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। खप्तड लघुवित्तको पहिलो कारोबारको लागि नेप्सेले १०१.०७ देखि ३०३. २१ ओपन रेञ्ज तोकेको छ भने सिक्लेस हाइड्रोपावरको पहिलो कारोबारको लागि ११६.८६ देखि ३५०.५८ मूल्य रेञ्ज तोकेको छ।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। खप्तड लघुवित्तकाको स्टक सिम्बोल ‘केएलबिएस’ रहेको छ भने सिक्लेस हाइड्रोपावरको ‘एसआइकेएलइएस’ संकेतमा सेयर कारोबार खुला हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij